प्रहरी कार्यालयकै छेउमा रहेको मनि ट्रान्सफरबाट २० लाख बराबरको चोरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ, १० कार्तिक । सिरहाको लहान नगरपालिका १ शहीद चोकस्थित कृष्ण मनि ट्रान्सफरबाट २० लाख रुपैयाँ बराबरको चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटरको दूरीमा रहेको कृष्णा मनि ट्रान्सफरबाट शुक्रबार बिहान ६ लाख रुपैयाँ नगदसहित एक थान ल्यापटप, स्क्यानर र १२ लाख ५० हजार रुपैयाँ बराबरको नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड चोरी भएको सञ्चालक रामअशिष महतोले जानकारी दिएका छन्।

लहानको मुख्य चोकमा रहेको उक्त मनि ट्रान्सफरका सञ्चालक महतोका अनुसार मनि ट्रान्सफरको पछिल्तिरको झ्यालको रड काटेर बिहान ४ बजेतिर चोरी भएको सीसी क्यामेरामा देखिएको छ।

मनि ट्रान्सफरमा चोरी भएको समयमा सीसी क्यामेरामा चोरले मुख छोपेको देखिएको सञ्चालक महतोले बताएका छन् । कसले रकम चोरेको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);