दुई वटा मोबाइल हाउसमा नौ लाख बढि चोरी | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

दुई वटा मोबाइल हाउसमा नौ लाख बढि चोरी

chori

चितवन, १५ चैत । चितवनको नारायणगढमा रहेको दुई वटा मोबाइल पसल विहीवार राती चोरी भएको छ ।

नारायणगढको ईन्द्रदेव मार्गमा रहेको यु एण्ड मी मोबाइल हाउस र लाइन्सचोकमा रहेको चितवन मोबाइल हाउसमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार ईन्द्रदेव मार्गमा रहेको यु. एण्ड. मी. मोबाइल हाउसबाट करिब ४ लाख बराबरको ३० वटा मोबाइल चोरी भएको छ भने लाइन्सचोकमा रहेको चितवन मोबाइल हाउस बाट पनि झण्डै ५ लाख २५ हजार बराबरको मोबाइल चोरी भएकोे हो ।

त्यस्तै, चितवन मोबाइल हाउसमा पनि हाइड्रोलिक ज्याक प्रयोग गर्दै सटर फोरेर चोरी गरिएको ले दुबै पसलमा भएको चोरीले चोर समुह एकै हुन सक्ने पुर्वानुमान प्रहरीले गरेको छ । मोबाइल पसलको सिसी क्यामेरामा कैद भएको भिडियोमा चोरले हाइड्रोलिक ज्याक प्रयोग गर्दै सटर फोरेको देखाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);