गोलबजारमा सामाजिक विषयको प्रश्नपत्र बाहिरिदा सरकारविरुद्ध नाराबाजी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

गोलबजारमा सामाजिक विषयको प्रश्नपत्र बाहिरिदा सरकारविरुद्ध नाराबाजी

golbajar-student narabaji-tarai

काठमाडौं, १५ चैत । शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिए पछि पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीहरुले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबारको पनि परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् । शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो भने बिहिबार विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । विद्यार्थीको प्रर्दशनका कारण यातायात पूर्ण अवरुद्ध भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);