हराएका ३३ थान मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हराएका ३३ थान मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा

चितवन, २२ पुस । चितवन प्रहरीको सक्रियतामा विभिन्न समयमा हराएका मोबाइल फोन फेला पारी सम्बन्धित मोबाइल धनीलाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालिन एसपी दानबहादुर मल्लले सुरु गरेको अप्रेशन क्लिन चितवन अभियान अन्तर्गत फेला परेका ३३ थान मोबाइल मंगलबार सम्बन्धित मोबाइल धनीको जिम्मा लगाइएको हो ।

ती मोबाइलको बजार मुल्य सात लाख रुपैयाँ रहेको चितवन प्रहरी जनाएको छ । चितवन प्रहरीको सूचना संकलन तथा अन्वेषण शाखा परिसरमा आयोजित कार्यक्रममा निमित्त प्रमुख प्रहरी नायव प्रहरी नायव उपरीक्षक नारायण कोईरालाले भेटिएको मोवाईल सम्बन्धीत धनीलाई फिर्ता दिइएको थियो ।

यता, माया मारिसकेको मोबाइल पाउँदा मोबाइल धनीहरु पनि खुशी भएका छन् । विभिन्न मितिमा हराएको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा दिइएको निवेदनका आधारमा विशेष प्रविधिको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गर्दा ३३ थान मोबाइल फेला परेको चितवन प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);