भारतबाट अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती सहित ४ भुटानी प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भारतबाट अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती सहित ४ भुटानी प्रहरीको फन्दामा

वीरगञ्ज, २२ पुस । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती सहित ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई सशस्त्र प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तिब्बती नागरिक कुन्छोक तसोमो, भुटानी नागरिकहरू डोल्मा तामाङ, छोदेन तामाङ, छुन्दु लह्मो र ज्ञानबहादुर तामाङ रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाइएको अध्यागमन कार्यालय, वीरगंजका अध्यागमन सहायक ध्रुव अधिकारीले माउन्टेन टिभिलाई बताउनु भयो ।

यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट भारी मात्रामा अवैध लागूऔषध बरामद भएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);