पक्राउ परेका १२२ चिनियाँ नागरिक लिन दुई वटा विमान आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पक्राउ परेका १२२ चिनियाँ नागरिक लिन दुई वटा विमान आउँदै

chiniya nagarik

काठमाडौं, २३ पुस । नेपालमा अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई चीन फिर्ता हुने भएका छन् । दुई साताअघि पक्राउ परेका उनीहरुलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्धसमेत लगाउँदै चिनियाँ दूतावाससँगको समन्वयमा स्वदेश फर्काउन लागेको हो ।

चीन सरकारले नेपालमा बसेर चीनविरुद्ध गतिविधि गरेको आरोप लगाइएका १२२ जना चिनियाँलाई लिन आज दिउँसो अपराह्न चीनका दुईओटा विमान नेपाल आउने र ती विमानबाट उनीहरुलाई साँझ चीन लगिने तयारी गरिएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले १२२ जनाका लागि चीन प्रवेशको अनुमतिपत्र अध्यागमन विभागलाई बुझाइसकेको छ । पक्राउ परेकामध्ये ६७ जनासँग पासपोर्टसमेत नरहेकाले चिनियाँ दूतावासले ‘इन्ट्री डकुमेन्ट’ अध्यागमन विभागलाई उपलब्ध गराएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोलीले यही पुस ७ गते काठमाडौंका विभिन्न स्थानमा छापा मारी चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);