चिनियाँ महिला निष्काशित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चिनियाँ महिला निष्काशित

aadagayam bivag

काठमाडौं, १४ बैशाख । चीनमा ठूलो आर्थिक अनियमितता गरेको आरोपमा काठमाडौंमा पक्राउ परेकी चिनियाँ महिलालाई अध्यागमन विभागले निष्काशन गर्ने निर्णय गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासको विशेष आग्रहमा प्रहरीले ती महिलालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकी चिनियाँ महिला झाङ गायुनलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यामगन विभागले ती महिलाको भिसा नियमित गरी चीन पठाउने निर्णय गरेको हो । गायुन अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सर्वाधिक खोजी सूचीमा थिइन् । चीनबाट वित्तीय अपराध गरी नेपाल भागेकाले नेपालस्थित चिनियाँ दूतावासले उनको राहदानी रद्द गरेको थियो ।

तर, राहदानी रद्द हुनुअगावै ती महिला पर्यटक भिसामा नेपाल प्रवेश गरेको देखिएको छ । चीनको आनहुई प्रान्तको पब्लिक सेक्युरिटिज ब्युरोले ती महिलाले गम्भीर प्रकृतिको वित्तीय अपराध गरेको भन्दै खोजी गरिरहेको थियो । अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले ती महिलालाई निष्काशन गर्ने निर्णय भएको बताए । निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘भिसा नियमित गरी उनलाई चीन प्रस्थान गराउने निर्णय भएको छ ।’

गायुन पक्राउ परेको थाहा पाएपछि उनलाई लिन चिनियाँ सुरक्षाकर्मीको टोली काठमाडौं आएको छ । झाङ नेपालमा लुकीछिपी बसेको थाहा पाएपछि नेपालस्थित चिनियाँ दूतावासले उनले प्रयोग गर्ने चिनियाँ राहदानीसमेत रद्द गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले गृह मन्त्रालयलाई पत्र लेखी ती महिलाबारे जानकारी गराएको थियो । राहदानी रद्द गरेपछि उनलाई फिर्ता लैजान चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको छ । सन् २०१७ देखि उनी नेपालमा पर्यटक भिसामा बस्दै आएकी थिइन् । उनलाई प्रहरीले वैशाख १२ गते अध्यागमन विभागमा बुझाएको थियो ।

यसअघि चिनियाँ प्रहरीले समेत नेपाल प्रहरी र अध्यागमन विभागलाई ती महिला नेपालमा लुकीछिपी बसेको हुन सक्ने सूचना दिएको थियो । उनी पक्राउ परेको थाहा पाएपछि उनलाई लिन चिनियाँ सुरक्षाकर्मीहरूको टोली काठमाडौं आएको चिनियाँ दूतावास स्रोतले बताएको छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);