पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई स्वदेश फर्काइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई स्वदेश फर्काइयो

chiniya nagarik

काठमाडौं, २३ पुस । अध्यगमन विभागले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधवार चीन फर्काएको छ ।

पक्राउ परेका सवै चिनियाँ नागरिकलाई उच्च सुरक्षा सतर्कताका साथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको थियो । उनीहरुलाई ‘चाइना साउथर्न’एयरलाइन्सको जहाजबाट चीन फिर्ता पठाइएको हो ।

चिनियाँहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मारेर पक्राउ गरेको थियो ।

गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका उनीहरुविरुद्धको कसुर पुष्टि नभएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको थियो।

दुई साता लामो अनुसन्धानमा चिनियाँले अध्यागमन कानुन उल्लंघन बाहेक अर्को अपराध गरेको नभेटिएपछि अभद्रमा जरिवाना असुल गरेर उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

अध्यामगनले पनि उनीहरुलाई चार वर्ष नेपाल आउन प्रतिबन्ध लगाउँदै केहीलाई १ हजार र केहीलाई २ हजारका दरले जरिवाना गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);