काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।




