जुवातास,सट्टेबाजीमा संलग्न चिनियाँ गिरोह पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

जुवातास,सट्टेबाजीमा संलग्न चिनियाँ गिरोह पक्राउ

काठमाडौँ । दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले जानकारी दिएका हुन्।

बस्नेतका अनुसार पक्राउ पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाशडौं महानगरपालिका –३ बालुवाटर बस्दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका –१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका–१७ ठैटी बस्दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महानगरपालिका १७ ठैटी बस्दै आएका २८ वर्षीय पेङ्ग हुइ रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले दुर्लभ बन्यजन्तुको छाला ,कस्तुरीको बिना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दात र फलामको धारिलो खुकुरी ,तरबार लगाएत बरामद गरेको एसपी बस्नेतले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि लैनचौर प्रहरी वृतले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);