२० करोड घुस मागेको प्रमाणित गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको चुनौती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

२० करोड घुस मागेको प्रमाणित गर्न चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको चुनौती

shreekrishna

काठमाडौं, २३ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले वि एण्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशकसँग आफुले घुस मागेको आरोपको पुस्ट्याई गर्न चुनौति दिनुभएको छ ।

उपाध्यक्ष गिरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घुस मागेको आरोप पुष्टि गर्न चुनौति दिनुभएको हो । उहाँले आफुनो चरित्र हत्या गर्न खोजिएको भन्दै कानूनी उपचारमा जाने बताउनु भएको छ ।

उहाँले आफुमाथि लगाएको आरोप समाचार माध्यममा आउँदा आश्चार्यमा परेको बताउँदै कपोलकल्पित आरोप लगाइएको बताउनुभयो । आयोगका उपाध्यक्ष गिरीले आफु १५ मंसिरमा द्धारिकाज होटलमा नगएको र प्रसाइसँग भेट नभएको बताउँदै आरोप पुष्टि गर्न चेतावनी समेत दिनुभयो ।

उपाध्यक्ष गिरीले विकृत मनस्थिति भएका व्यक्तिले आरोप लगाएको भन्दै त्यसमा सत्यता नभएको दावी गर्नुभयो । वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाइले बुधबार पत्रकार सम्मेलन गरी मेडिकल कलेजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ अथवा १० प्रतिशत शेयर घुस मागेको आरोप लगाउनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);