वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन २० करोड घुस मागिएको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन २० करोड घुस मागिएको आरोप

काठमाडौं, २३ पुस । वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाइले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक प्रसाइले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाउनु भएको हो ।

उहाँले मंसिर १५ गते मेडिकल कलेको सम्बन्धनका लागि निवेदन दिएपछि द्धारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुस माग गरेको आरोप लगाउनुभयो । उहाँले उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव गरेको आरोप लगाउनुभयो ।

कार्यकारी निर्देशक प्रसाइले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको समेत बताउनुभयो ।

चिकित्सा शिक्षा ऐन आइसकेपछि बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज सञ्चालन सम्बन्धनको प्रकृया अगाडी बढाउन दिइएको निवेदन कार्यकारी उपाध्यक्षकै कारण दर्ता हुन नसकेको बताउनुभयो । उहाँले आफुलाई मेडिकल माफियाको रुपमा प्रचार गरिएको भन्दै अव वास्तविक माफिया देखाउन आफु तयार रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);