बि एण्ड सी टिचिङ अस्पताललाई सम्बन्धन दिन माग | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बि एण्ड सी टिचिङ अस्पताललाई सम्बन्धन दिन माग

काठमाडौं, २८ असार । मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन दिन सरकारसँग माग गरेका छन् ।

बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे ।

बिहीबार काठमाडौंमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भईसकेकाले अस्पताललाई सम्बन्धन दिन ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रसाईँले वरिष्ठ चिकित्सक गोविन्द केसीले आफूलाई माफिया भनेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारसँग अनुमति लिएरै आफूले अस्पताल संचालनमा ल्याएपनि त्यसलाई सम्बन्धन अझै नदिएको भन्दै असन्तुष्टि जाहेर गरे ।

संचालक प्रसाईँले २०६८ साल पुस १४ गते तत्कालीन सरकारले आफूलाई बोलाएरै कलेज संचालनका लागि अनुमति दिएको बताए । उनले करोडौैंको लगानी गरेर स्थापना गरिएको कलेजलाई सम्बन्धन नदिने षडयन्त्र गरिएकोभन्दै आपत्ति जनाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);