काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ, २१ भदौ । सम्बन्धन विवादमा परेको काठमाडौं नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्व विद्यालयले दिएको सम्बन्धन खारेज गरेको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि अनुमतिसमेत नलिएको छानबिन समितीको प्रतिवेदनमा उल्लेख छ ।

 

मेडिकल कलेज सञ्चालनका लागि मापदण्ड पूरा भए÷नभएको सम्बन्धमा छानविन गर्न त्रिभुवन विश्वविद्यालयले गठन गरेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले कलेजको शिक्षण अस्पताल अबैध रुपमा सञ्चालन भइरहेको पुष्टि गरेको हो ।

 

छानबिन समितिको प्रतिवेदन पछि सो कलेजलाई दिएको अस्थायी सम्बन्धन त्रिभुवन विश्व विद्यालयले खारेज गरेको हो ।

 

बुधबार बिहान काठमाडौंको घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका छानबिन समितिका संयोजक सहप्राध्यापक सनत देवकोटाले अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयको अनुमति समेत नलिएको पाइएको बताएका छन् । उनले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा नभएकाले स्पष्ट पारेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);