खतरनाक जिका भाइरस अब मस्तिष्क क्यान्सरको औषधी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, २१ भदौ । अब जिका भाइरस पनि औषधीको रुपमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । जिका भाइरस जसले गर्भमा रहेको शिशुलाई असर गर्छ अहिले त्यो नै वयस्कको मस्तिस्क क्यान्सरको उपचार गर्न मिल्ने अमेरिकाको एक अनुसन्धानले जनाएको छ ।


विशेष गरि जिकालाई जटिल समस्याको रुपमा लिइन्थ्यो । यो भाइरस विश्व व्यापीरुपमा खतराको रुपमा लिइन्थ्यो । तर हालै गरिएको परिक्षण अनुुसार यो भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीडीत वयस्कको उपाचारको रुपमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताउछन् । बालबबालिका लागि घातक सावित हुने तर जिका भाइरसले वयस्कहरुमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ । उत्त परिक्षण एक वयष्क मुसामाथि गरिएको थियो । मस्तिष्क क्यान्सरको उपचारमा जिकाको प्रयोगले सफलता ल्याउने सक्नेमा डा. डायमण्डले जानकारी दिएका छन् ।

 

अबको १८ महिनाभित्र मानव जातीमा अनुसन्धान गर्न सकिने उनको दाबी छ । तर त्यसका लागि जिका भाइरसमा केही परिक्षण गरि परिर्वतन ल्याउन पर्ने जानकारी व्यत्त गरे । विभिन्न भाइरसको प्रयोग गरि क्यान्सरका लागि परिक्षण गरिएको भएतापनि यो भने प्रभाव कारी रहेको उनको दाबी रहेको छ ।

 के हो जिका ?

 

 संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरस हो ।

 

 सबै मानिसमा यसको लक्षण थोरै वा धेरै देख्न सकिन्छ । तर यसले बच्चाहरुमा प्राय धेरै प्रभाव पारेको हुन्छ ।

 

 सक्रमित शिशु असामान्यरुपमा जन्मन सक्छन् । यसको प्रभावले कोही साना टाउको सहित जन्मन्छन् भने कसेैको मस्तिष्कको विकास पुर्णरुपमा भएको हुँदैन । जसलाई माइक्रोसेफली भनिन्छ ।

 

 संसारको ३० देशमा यो खाले संक्रमणले शिशुमा प्रभावित बनाएको छ ।

 

 तर जिका भाइरस अहिले नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो संस्था आफु यसको निवारणका लागि लागि परेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);