पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन : विज्ञ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन : विज्ञ


काठमाडौं, २१ मंसिर । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट०का खोप विज्ञ डा। तिर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताउनुभयो । त्यसकारण एटिजिनबाट फल्स रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताउनुभयो । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पीसीआर एउटा कन्र्फमेटरी अर्थात कोभिड छ भनेर पक्का गर्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा के छ भन्दा फल्स पोजेटभ अथवा फल्स नेगेटीभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरिरमा कोभिड १९ नहुँदा नहुँदैपनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’

एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । एन्टिजिनलाई अत्यावस्यक अवस्थामा मात्रै प्रयोग गर्नसकिने उहाँको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन् । तर यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदी यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’

अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरु कुनैपनि आधरिकारीक निकायबाट प्रमाणित भइसकेको छैन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताउनुभयो । अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित ग¥यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एन्टिजिन टेस्ट पनि एफडिए स्वीकृत भएका, सिडिसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरु त्यति छैनन् । अरु एफडिएहरुले पनि आपतकालिन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन । तर यदि एन्टिजिन परीक्षण, उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरुको सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरु आए भने रियलटाईम पीसीआरको विकल्प हुन सक्छ । अहिले परीक्षणको रुपमा भएको हुनाले विकल्प भएन । रियल टाइम पीसीआर नै सबैभन्दा भरपर्दो डाइगोनोसिस गर्ने माध्यम भयो ।’

सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);