नेशनल मेडिकल कलेज अनुमतिको त्रिविद्वारा खण्डन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौँ, ९ भदौ । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिएको भन्दै भइरहेको विरोधको खण्डन गरेको छ ।

आज एक विज्ञप्ति निकालेर त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति दिनु जायज भएको बताएको हो । सर्वोच्च अदालतको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिइएको त्रिविले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै सर्वोच्चको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको निर्णयमा पुनर्विचार गर्न सकिने त्रिविले जनाएको छ । त्रिवि कार्यकारी परिषद्ले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/०७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्बन्धन दिएको थियो ।

 

यसअघि काँग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);