शुक्रबारदेखि अनलाइनबाट इम्बोस्ड नम्बर प्लेट फारम भर्न शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शुक्रबारदेखि अनलाइनबाट इम्बोस्ड नम्बर प्लेट फारम भर्न शुरु

काठमाडौं, ९ भदौ । यातायात व्यवस्था विभागले शुक्रबार देखि इम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन फारम भर्ने कामको सुरुवात गरेको छ ।

 

भदौ ५ गते देखि मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरु गरेको विभागले शुक्रबार देखि अनलाईन फारम लिन सुरु गरेको हो ।

 

विभागले सरकारी, संस्थान, समिति र निजी सवारी साधनबाट इम्बोस्ड नम्बर प्लेट दिने कामको सुरुवात गरेको हो । त्यसमा चारपाङग्रे सवारी साधन मात्रै छन् । इम्बोस्ड नम्बर प्लेटका लागि ट्याम्पोले २ हजार ९ सय, मोटरसाईकलले २ हजार ५ सय , जीप , कार , भ्यानले ३ हजार २ सय र ठुला सवारी साधनले ३ हजार ६ सय रुपैया राजश्व बुझाउनुपर्छ ।

 

सरकारी, संस्थान , समिति र निजी चारपाङग्रे सवारी साधन पनि वर्गिकरण गरेर अरुको सुरु गरिने विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार नेपामा पहिलो पटक इम्बोस्ड नम्बर प्रणाली लागु गरिएको हो ।

 

सवारीसाधनलाई व्यवस्थित गर्न विकसित मुलुकहरुमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो । यो प्रणाली लागु भए संगै यसअघि २३ प्रकारका सवारीसाधनको प्लेट सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक तथा राष्ट्रपतिका लागि विशेष र छुट्टै गरी ५ किसिममा सीमित भएका छन् ।

 

इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ राखिने भएकाले कुनै पनि नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने सजिलै पत्ता लगाउन सकिने छ ।

 

त्यसका लागि विभागले राजधानीको थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा बाहिरका ५ गरी १० स्थानमा चेक प्वाईन्ट राखेको छ । ५ बर्ष भित्रमा मुलुकभरका २५ लाख सवारी साधनमा यो प्रणाली प्रयोग गरिसक्ने लक्ष विभागको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);