काठमाडौँ उपत्यकाको ठुलो समस्या, छाडा कुकुर व्यवस्थापन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकामा बेवारिसे कुकुरहरुको संख्या बढेसँगै उनीहरुको टोकाइबाट पीडित हुनेको संख्या उल्लेख्य रुपमा बढ्न थालेको चिकित्सकहरुले बताएका छन्। उपत्यकाका दुई प्रमुख महानगरपालिकाका पदाधिकारीहरुले त्यस्ता कुकुरहरुको संख्या नियन्त्रण गर्न चरणवद्ध छलफल भइरहेको जनाउँदै आगामी तीन वर्षभित्र बेवारिसे कुकुरको संख्या ८० प्रतिशतले कमी ल्याउने लक्ष्य रहेको बताएका छन्।

 

तर त्यसका लागि स्पष्ट नीतिगत व्यवस्था नरहेको कतिपय अधिकारीहरु बताउँछन्। एकजना पशुअधिकारवादीले चाँही बन्ध्याकरण विधिमार्फत बेवारिसे कुकुरहरुको व्यवस्थापन गरिनुपर्नेमा जोड दिएका छन्। काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौँ उपत्यकामा यसको दीर्घकालीन समाधान खोज्न पहल गरिएको बताएकी छन्।

१५० देखि २०० को हाराहारीमा कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न आइरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन भन्छन्, ‘हिजो अस्तिकै आँकडा हेर्नेहो भने लगभग १५० देखि २०० को हाराहारीमा कुकुरको टोकाइबाट पीडित बनेका बिरामी उपचार गर्न आइरहेका छन्। केही महिना अघिसम्म दैनिक १०० देखि १५० सम्म त्यस्ता बिरामी आउँथे।’

 

डा. पुनका अनुसार पछिल्लो एक वर्षमा मात्रै करिब २८ हजार जनाले कुकुरको टोकाइवाट उत्पन्न समस्याको उपचार गराएका छन्।
उनका अनुसार प्रत्येक वर्ष सरदर १० देखस १५ जनाको रेबिज संक्रमित कुकुरको टोकाइका कारण ज्यान समेत जाने गरेको छ। बीबीसी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);