कुकुरको शरीरमाभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कुकुरको शरीरमाभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु

dahri

काठमाडौं, १० बैशाख । यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए।

अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो । त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि किटनासक र हानिकारक भएको जनाइएको छ । तर आश्चर्य कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा हुने खतरनाक जीवाणुभन्दा कम संख्यामा त्यस्ता जीवाणु भेटिए।

१८ मानिस र ३० कुकुरमा यस अध्ययन गरिएको थियो । १८ देखि ७६ वर्ष उमेर समुहका दाह्री पालेका मानिसहरु अध्ययनमा समावेश थिए । स्वीजरल्यान्ड हिर्सल्यान्डेन क्लिनिकका प्राध्यापक आन्द्रेस गटजेटले भने, ‘अध्ययनले कुकुरको शरीर तथा रौंमाभन्दा मानिसको दाह्रीमा बढी घातक जीवाणुको संख्या र मात्रा भेट्यो।’
– एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);