सामुदायिक कुकुरको व्यवस्थापन नहुँदा सर्वसाधारण आजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सामुदायिक कुकुरको व्यवस्थापन नहुँदा सर्वसाधारण आजित

kukur

काठमाडौं, ११ पुस ।  काठमाडौं उपत्यकाका सडकमा भौतारीने सामुदायिक कुकुरको विगिविगीका कारण सर्वसाधारण आजित बनेका छन । बाटामा हिंड्ने कुकुरले टोकेर मात्र दैनिक ५० देखि ७० जनासम्म उपचारका लागि आउने गरेका छन । तर पनि बाटामा हिंड्ने सामुदायिक कुकुरलाई व्यवस्थापन गर्न भने कसैले चासो दिएको पाईदैन ।

काठमाडौं उपत्यकाका सडकका बाटामा हिंड्ने सामुदायिक कुकुरको विगविगी छ । कुकुरका कारण सडकमा हिडने त्रसित बन्दै हिडनु पर्ने अबस्था छ । जुन कुरा टेकु अस्पतालमा उपचार गराउन आउनेको भिडले देखाउँछ ।

शुक्रराज ट्रपिकल अस्पतालमा मात्र दैनिक ५० देखी ८० को हाराहारीमा कुकुरले टोकेको समस्या लिएर आउने गरेका तथ्यांकमा देखिन्छन ।

मानव र कुकुरबीचको सम्बन्धको इतिहास धेरै पुरानो र प्रगाढ छ । मान्छेसँग कुकुरको सुरक्षा–साइनो परापूर्वकालदेखिकै हो र त्यो अहिलेसम्म यथावत् छ । तर पनि सडकमा भौतारिने सामुदायिक कुकुरहरुले देख्ने वितिकै झम्टने र टोक्ने कारणले त्रसित बनेर हिडनुपर्ने अबस्था भएको सर्वसाधारणको भनाई छ ।

उपत्यकामा मात्र घरपालुवा र बाहिरी गरी २२ हजारको संख्यामा कुकरहरु रहेका छन् ।काठमाडौ महानगरले मनोमित्र सस्थासंग सहकार्य गरी उपत्यका भित्रका बाहिरी कुकुरहरुलाई ब्यबस्थापन गर्ने काम गरीरहेको र हालसम्म कुकुर ब्यबस्थापनका लागि ७० लाख खर्च गरेको छ । कुकुरको संख्या बढ्न नदिनका लागि ८ हजार ५ सय कुकुरको बन्ध्याकरण र ३ सय ६ जना कुकुरलाई रेविजको सुई लगाई सकेको छ ।

काठमाडौ उपत्यकामा यस्ता धेरै समस्याहरु रहेका छन् । त्यस मध्ये हो सामुदायिक कुकुरको समस्या । सुन्दा सानो समस्या लागेपनि दैनिक कुकुरले टोकेर अस्पताल पुग्नेको संख्या हेर्दा यो ठुलो समस्या हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);