दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको मुद्दाको चैत्र १२ गते फैसला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको मुद्दाको चैत्र १२ गते फैसला

काठमाडौं,७ चैत्र । दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला सुनाउने भएको छ ।

मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको हो । झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गर्नुभएको थियो ।

लगत्तै फेरि ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गर्नुभएको थियो । रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिनु भएको थिए । सर्वोच्च अदालतले यी तीनवटै मुद्दालाईसँगै राखेर सुनुवाइ गरेपछि चैत १२ गते फैसला सुनाउने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);