सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ

काठमाडौं, २३ पुस । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो ।

सर्लाहीका रामबाबु राय यादव र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु भने न्याय खोज्दै राजधानी आइपुगेका छन् । उनीहरुले ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने तथा सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयले गुनासो गरेका छन् ।

सर्लाहीका राजु कुुुसवाहले रामबाबु राय यादवबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली तमसुख बनाए । ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन् ।

कुसवाह मात्रै होइन सर्लाही लगायतका जिल्लाका अधिकांश स्थानीय मिटर ब्याजको फन्दामा परेका छन् । सर्लाहिकै विकाउ रायले २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाएर दुई विघा एक कट्ठा जग्गा यादवको नाममा गरे । तर सबै ऋण चुक्ता गर्दा समेत जग्गा फिर्ता नपाएको विकाउ रायको गुनासो छ ।

यसैगरी सञ्जय रौनियारबाट एक करोड ऋण लिएका रविन्द्र कुसहवाले तीन करोडको कागज बनाए । कुसुहवाले ४० कट्ठा जग्गा साहु रौनीयारको नाममा गरिदिए । तर अहिले रौनियारले कुसहवाको जग्गामध्ये करिब २ करोड ५५ लाखको घडेरी र जग्गा विक्रि गरिसकेका छन् ।

राजधानीमा आएका पीडितहरुलाई महान्यायाधीवक्ता अग्नि खरेलले दोषिलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिनु भयो । उहाँले पीडितहरुलाई स्थानीय प्रशासनमा उजुरी दिन सुझाव दिनु भएको छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका यसअघि पनि दोषिलाई कानुनी दायरामा ल्याइएको भन्दै यादव र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर गरिबको पसिनामाथि रजाई गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कानुनी कारवाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);