ऋण आतंकबाट बन्धक बनेका स्थानीय न्याय खोज्दै काठमाडाैंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ऋण आतंकबाट बन्धक बनेका स्थानीय न्याय खोज्दै काठमाडाैंमा

काठमाडाैं, २३ पुस । सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाई छ ।

सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली मतसुक बनाए । ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुक च्यातिएको छैन् जस्ताको त्यस्तै छ ।

कुसवाह मात्रै होइन सर्लाही लगायतका जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन् । ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गा समेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन् ।

विकाउ रायले उनीबाट २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाए साथै दुई विघा एक कट्ठा जग्गा उनको नाममा गरे । तर ५० हजार एक पटक र अर्को पटक ७३ हजार गरी एक लाख २३ हजार चुक्ता गर्दा समेत उनले आफ्नो जग्गा फिर्ता नपाएको बताए ।

रविन्द्र कुसहवाले जग्गा किन्न भनेर सञ्जय रौनियारबाट एक करोड ऋण लिए तर उनले तीन करोडको कागज बनाए । पुर्ख्यौली सम्पत्ति मध्ये ३४ कट्ठा घडेरी गरी अन्य गरी ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए ।

तर अहिले रौनियारले कुसहवाको जग्गामध्ये करिब २ करोड ५५ लाखको घडेरी र जग्गा विक्रि गरिसकेका छन् । पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दा समेत रोनियारले जग्गा बेच्न छोडेका छैनन् । रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहाना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गर्नुभयो ।

देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गर्नुभयो । १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो । न्यायको खोजीमा महतो राजधानी आउनुभएको छ ।

महान्यायाधीवक्ता अग्नि खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गर्नुभएको छ । ‘न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो । तर लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईहरुले पनि गल्ती गर्नुभएको छ । तर अहिले जे जे बोल्नुभएको छ त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस् । न्याय पाउनुहुन्छ । अन्तिम समयसम्म सरकारलाई साथ दिनुहोस् न्याय पाइन्छ’, उहाँले भन्नुभयो ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईहरुले न्याय पाउनुहुन्छ । फटाह बदमासहरुलाई तह लगाउँछौँ’, उहाँले भन्नुभयो ।

राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन् । ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन ।

गरिब जनताहरुको पसिनामाथि रजाई गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कारवाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);