पर्यटन मन्त्रीलाई विदेश भ्रमणको मोह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्यटन मन्त्रीलाई विदेश भ्रमणको मोह

bidesh bhraman moh

काठमाडौं, २३ पुस । डढेलोको कारण अष्ट्रेलियाका धेरै स्थानमा अहिले संकटकाल घोषणा गरिएको छ । चार महिनादेखि लागेको डढेलो नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो । डढेलोबाट १८ जना मानिसको मृत्यु र ५० करोड पशुपक्षी मरेपछि अष्टे«लिया अहिले शोक र संकट दुबैमा छ । संकटकालको बेला नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री पर्यटन प्रवद्र्धनको लागि अहिले अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । यस्तो बेला भएको मन्त्रीको भ्रमणलाई लिएर आलोचना भइरहेको छ ।

चार महिनादेखि डढेलोको समस्याले अष्ट्रेलिया आक्रान्त छ । झण्डै पचास करोड जनावर र १८ जना मानिसको मृत्यु भैसकेको छ । सामाजिक सञ्जालमा डढेलोलेको कारणले मृत जनावरका हृदय विदारक तस्विरहरु सार्वजनिक भैरहेका छन् । अझै डढेलो नियन्त्रणमा आइसकेको छैन । अष्ट्रेलिया सरकारले यो अवस्थाको कारण धेरै क्षेत्रमा संकटकाल घोषणा गरेको छ । स्थानिय सरकारसँग रुष्ट छन् ।

अष्ट्रेलिया डढेलोको कारण गम्भीर संकटमा रहेको बेला अष्ट्रेलियास्थित नेपाली दुतावासले भने पर्यटन वर्ष २०२० को शुभारम्भ ग¥यो त्यो पनि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा । डढेलोको विपत्तिमा रहेको देशमा मौन जुलुस गरेर पर्यटन प्रवद्र्धन गरेको दावी मन्त्रीले सामाजिक सञ्जाल मार्फत गरेका छन् ।

अष्ट्रेलियामा चार महिनादेखि भइरहेको भीषण डढेलोले विश्वकै ध्यान केन्द्रित गरिरहेको छ । विश्वकै ठूला घटना मध्येको घटनाका रुपमा यसलाई लिइएको छ । अहिलेको परिस्थितिमा पर्यटन मन्त्रीले अष्ट्रेलियामा भ्रमण वर्षको कार्य गर्नु उपयुक्त समय नभएको एक पूर्व राजदुत बताउँछन् ।

मन्त्रीले गएर प्रचार गर्दैमा पर्यटक नेपाल भित्रिन्छन् भन्न सकिन्न । अझ प्रचार गरिएको देशको अवस्थालाई वेवास्था गरि प्रचार गर्नु गाईजात्रा भएको पर्यटन व्यवसायी बताउँछन् ।

अष्ट्रेलियास्थित नेपाली दुतावासले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी पर्यटन प्रचार कार्यक्रम राखेको पाइन्छ । कार्यक्रम राख्यो भन्दैमा पर्यटनमन्त्री अष्ट्रेलिया जानुलाई पर्यटन प्रवद्र्धन भन्दा पनि मन्त्रीको विदेश भ्रमणप्रतिको बढ्दो मोह स्पष्ट देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);