सत्याग्रह किन सुरु गर्दैछन् डा.गोविन्द केसी ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

सत्याग्रह किन सुरु गर्दैछन् डा.गोविन्द केसी ?

काठमाडौं, १६ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यही साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रहको घोषणा गर्नुभएको हो ।

आयोगका सह–अध्यक्ष समेत रहनुभएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत पदीय जिम्मेवारीबाट च्युत भएर माफियाहरुकोे प्रयासमा साथ दिइरहेकाले शंका उत्पन्न भएको डाक्टर केसीको भनाइ छ । उहाँले सिटिइभीटीमा भर्ती भएका पार्टी कार्यकर्ता तथा माफियाहरुले अवैध रुपमा अघि बढाएको सिट निर्धारण र भर्ना प्रक्रिया रोक्न शिक्षा मन्त्रीले केही नगरी संरक्षण गरेको आरोप गलाउनुभयो ।

उहाँले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गरेर दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । त्यसैगरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोगलाई एक दिन पनि नेतृत्वबिहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई उहाँले अल्टिमेटम दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);