डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

डाक्टर केसीद्वारा जुम्लामा १९ औं सत्याग्रह सुरु

काठमाडौैं, २९ भदौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसी सोमबारबाट जुम्लामा अनशन बस्नु भएको छ । केसीले जुम्लाको चन्दननाथस्थित रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह शुरु गर्नुभएको हो । नेपालीहरुलाई निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितताको माग गर्दै डाक्टर केसीले सत्याग्रह सुरु गर्नुभएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने पनि केसीका माग रहेका छन ।

त्यसैगरी प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल संचालन प्रक्रिया अघि बढाउनु पर्ने उहाँका मागहरु रहेका छन् । त्यस्तै सरकारले आफूसँग २०७५ साउन १० गते गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु केसीले राख्नुभएको छ । उहाँले १६ औं सत्याग्रह पनि जुम्लामा र्गाुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);