तीन संसदीय समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

तीन संसदीय समितिको बैठक आज

काठमाडौं, १६ साउन । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान ११ बजेबाट शुरु हुँदैछ भने पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजेबाट नै शुरु हुँदैछ । त्यस्तै संसदीय सुनुवाई समितिको बैठक पनि बिहान ११ बजे नै शुरु हुनेछ ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भए गरेका काम कारवाहीका सम्बन्धमा मन्त्रीबाट जानकारी लिने, पूर्वाधार विकास समितिको बैठकमा २०८०÷०४÷०७ गते काठमाडौंको रानीबारीस्थित सामाखुसी खोलामा बाढी आइ भएको दुर्घटनाका बारेमा छलफल गर्ने र संसदीय सुनुवाई समितिमा प्रश्तावित राजदुतउपर प्राप्त उजुरी खोलि वितरण गर्ने, प्रश्तावित राजदुतहरुको सुनुवाई सम्बन्धी कार्यतालिका अवधि छलफल तथा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूचि रहेको छ ।

Leave a Reply