आज ४ वटा संसदीय समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आज ४ वटा संसदीय समितिको बैठक

काठमाडौं, १२ असोज । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ भने बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबाट समितिमा प्राप्त निवेदनका सम्बन्धमा महासंघका प्रतिनिधिहरू, गाँउपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री,लगायतका पदाधिकारीहरूसँग क्रसर तथा खानी उद्योग सञ्चालन गर्दा भोग्नुपरेका समस्याहरू र उद्योग नविकरणका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० का प्राविधिक पक्षका सम्बन्धमा विज्ञसँग छलफल हुनेछ भने बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चिकित्सकहरुमाथि हुने गरेको दुव्र्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थाहरुसँग छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);