चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै माइतीघरमा र्‍याली | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

चिकित्सा शिक्षा ऐन परिमार्जनको माग राख्दै माइतीघरमा र्‍याली

काठमाडौं, २८ साउन । आज देशभरका नर्सिङ कलेज बन्द भएका छन् । चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै माइतीघरमा नर्सिङ कलेजका सञ्चालकहरु,शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुले र्‍याली निकालेका हुन् । डा.गोबिन्द केसी र चिकित्सा शिक्षा ऐनका कारण नर्सिङ कलेजहरु बन्द भएको उनीहरुको भनाइ छ ।

आज सबै नर्सिङ कलेजका सम्पुर्ण शिक्षण संस्था बन्द छन् । केन्द्रमा मात्रै नभई नभएर जिल्ला र प्रदेशस्तरमा पनि विरोध र्‍याली निकालिएको छ ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले यस अघि नै पहिलो र दोस्रो चरणका आन्दोलन गरेको थियो । समितिले बिहीबार १४ बुँदे माग राख्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आफूहरुले राखेका कुनै पनि माग सम्बोधन नभएको भन्दै तेस्रो चरणअन्तर्गत शान्तिपुर्ण आन्दोलन गरी कलेजहरु बन्द गरेर विरोधमा उत्रिएको हो ।

Leave a Reply