चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको धर्नामा महामन्त्री राणाको एक्यबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको धर्नामा महामन्त्री राणाको एक्यबद्धता

काठमाडौं, १४ भदौ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले विभिन्न १४ बुंदे माग राखेर सुरु गरेको धर्ना कार्यक्रम आज पनि जारी छ । निरंकुश,स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संशोधन गर,सिटीइभिटिइको तुरुन्त पुनसंरचना गर्नुपर्ने लगायतका उनीहरुले माग अघि सारेका छन्

आयोग र सिटिइभिटिइको बदनियतले बन्द भएका नर्सिङ कलेजहरुमा तत्काल भर्ना खोल्न, कलेज बन्द हुँदा रोजगारी खासिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गनुपर्नेमा उनीहरुको जोड छ ।

समितिको धर्ना कार्यक्रमलाई राप्रपाका महामन्त्री धवलशमशेर राणाले पनि धर्ना स्थलमै उपस्थित भई ऐक्यबद्धता जनाएका छन् । देशका विभिन्न राजनैतिक दलहरुबाट धर्ना स्थलमै उपस्थित भई ऐक्यबद्धता जनाउने क्रम जारी रहेको छ ।

चिकित्सा क्षेत्रमा देखापरेको विभिन्न समस्या समाधान गर्न त्यससँग सम्बन्धित विद्यार्थी एवम् पेसाकर्मीहरूले २७ साउनदेखि आन्दोलन तथा धर्ना कार्यक्रम जारी राखेका हुन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);