आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीकाे आन्दोलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीकाे आन्दोलन जारी

अप्सरा लामिछान
काठमाडौं, ८ साउन । १५ औं पटक अनसनरत चिकित्सक गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिन आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् । उनीहरु डाक्टर केसीको माग सम्बोधन नभएसम्म सेवा बहिस्कार गर्ने भन्दै धर्नामा बसेका छन् ।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै १५ औं पटक अनसनरत चिकित्सक गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल आवासिय चिकित्सकहरु सेवा नै बहिस्कार गरी धर्नामा बसेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार विहान १० बजे देखी ५ बजे सम्म धर्ना बसेका चिकित्सकहरु बुधबार पनी सेवा बहिस्कार गरी यसै गरी धर्ना बसे । उनीहरुले केसीको माग सम्बोधन नभए आफुहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए।

डाक्टर केसीको समर्थनमा आवासिय चिकित्सकहरुले सेवा बहिस्कार गरेपनी अस्पतालहरुमा यतिबेला इर्मजेन्सी लगायत ओपीडी सेवा सबै संचालन भईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);