क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

क्विन्टल सुन तस्करी प्रकरणमा विमानस्थलबाट २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २६ साउन । करिब क्विन्टल सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन भाग्न लागेका ली जियालिन र लिउ फुयानलाई विमानस्थल अध्यागमन कार्यालयले गए राति नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीलाई जिम्मा लगाएको छ ।

उनीहरु हिमालयन एयरलाइन्स हुँदै चीन जान लागेका थिए । हङकङबाट क्याथे प्यासेफिकको उडानमा ल्याइएको तस्करीको सुन प्रकरणका दुई जना नै मुख्य अभियुक्त मध्येको रहेको बताइएको छ ।

सोही प्रकरणमा तिब्बत मुलका बेल्जियम नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);