पक्राउ परेकालाई लैजान दुई चार्टर्ड विमान ल्याउँदै चीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पक्राउ परेकालाई लैजान दुई चार्टर्ड विमान ल्याउँदै चीन

chiniya nagarik

काठमाडौं, १२ पुस । चीनले नेपालमा पक्राउ परेका आफ्ना नागरिक स्वदेश लैजान दुईवटा विमान पठाउने भएको छ । नेपालमा बसेर चीनमा संगठित अपराध गरेको आरोपमा गत सोमबार पक्राउ परेका एक सय २२ जना चिनियाँलाई स्वदेशमै लगेर मुद्दा चलाउने चीनको तयारी छ । सोहीअनुसार आगामी साता दुईवटा विमान नेपाल आउने भएका हुन् ।

नेपालमा उनीहरूमाथि विस्तृत अनुसन्धान नै भएको छैन । हाल अभद्र मुद्दामा प्रमुख जिल्ला अधिकारीको आदेशमा थुनामा राख्ने अनुमति लिएर हिरासतमा राखिएको छ । एक–दुई दिनभित्रै उनीहरूलाई सामान्य धरौटीमा छाड्ने र अध्यागमनले भिसासम्बन्धी कसुरमा जरिवाना गराएर निष्कासनको तयारी थालेको छ । निष्कासनका लागि गृह मन्त्रालयले निर्णय गर्नुपर्ने हुन्छ ।

‘आगामी ४ वा ५ जनवरीमा लैजाने तयारी गरी दुईवटा चार्टर्ड जहाज ल्याइने चिनियाँ अधिकारीले जानकारी गराएका छन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘त्यहीअनुसार हामीले तयारी गरेका छौँ ।’ नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत उनीहरूलाई चिनियाँ अधिकारीसमक्ष बुझाउन लागिएको छ ।

अपराधमा संलग्न विदेशीलाई गृह मन्त्रालयले यसैगरी सम्बन्धित देशलाई बुझाउने र अपराध गरेर विभिन्न देशमा भागेका नेपालीलाई पनि यही प्रक्रियामार्फत नेपाल ल्याउने गरिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिक मा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);