नारायणगढ-मुग्लिन सडक थप २ दिन बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नारायणगढ-मुग्लिन सडक थप २ दिन बन्द हुने

muglin sadak

चितवन, २३ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड थप २ दिन दिउँसो ४ घण्टा बन्द हुने भएको छ । पहिरो रोकथामका विभिन्न काम गर्न भन्दैं मंसिर २७ गतेबाट दैनिक दिउँसो ४ घण्टा बन्द गरिएको उक्त सडकखण्ड बुधवारदेखि थप दुई दिन बन्द गरिने भएको हो ।

सडक आयोजनाले काम नसकिएकोले थप दुई दिन बन्द हुने जनाएको हो । आयोजनाले सडक बन्दको समय थप गरेको यो दोस्रोपटक हो । पहिरो नियन्त्रणको कामको काम गर्ने भन्दैं दुई हप्तादेखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा बन्द हुँदै आएको छ ।

यसअघि काम नसकिएको भन्दै पुस २२ गतेसम्म बन्द हुने भनिएको थियो ।आयोजनाले ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएको जनाएको छ ।

गत वर्ष अधिकांश ठाउँमा पहिरो नियन्त्रणको काम पूरा भए पनि आठ ठाउँको काम बाँकी थियो । ती ठाउँहरुमा यसपटक काम गरिएको हो ।यो सडक हुँदै दैनिक १० हजारको हाराहारीमा यात्रु बस, साना सवारी र समान बोकेका ट्रक ओहोरदोहोर गर्ने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);