नारायणगढ–मुग्लिन सडक आजबाट एक हप्ताका लागि दिउँसो बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नारायणगढ–मुग्लिन सडक आजबाट एक हप्ताका लागि दिउँसो बन्द

काठमाडौं, २३ फागुन। नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो १ हप्ताका लागि बन्द गरिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्नका लागि आज दिउँसोबाट सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ।

सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाले जनाएको छ । सो समयमा पनि एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारी साधनलाई भने जान दिइने बताइएको छ ।

सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ। सो अवधिमा नारायणगढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);