नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द नहुने | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडक आजदेखि ४ घण्टा बन्द नहुने

mugling-17 kilo

काठमाडौं,१३ फागुन । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।

तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि उत्त सडक दैनिक चार घण्टा बन्द हुँदै आएको थियो । पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो ।

६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको हो । तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्ने बताईएको छ । यस सडकका १९ पुलमध्ये ४ वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो ।

बाँकी १५ वटा पुलको एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ वटा पुल निर्माण भईसकेका छन् । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको बताईएको छ ।

विसं २०७६ चैत १० गतेबाट तुईन खोलामा पुल निर्माण थालिएको हो । उक्त पुलको लागत एक अर्ब २८ करोड रहेको छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौ देखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);