सिंहदरबार छिर्न नपाएपछि सडकमै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सिंहदरबार छिर्न नपाएपछि सडकमै प्रदर्शन

काठमाडौं,११ फागुन । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शुक्रवार उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर बिरोध जनाए ।

प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर्, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर बिरोध जनाएका छन् ।

उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);