संसद परिसरमै लघुवित्त ऋणीहरुको बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

संसद परिसरमै लघुवित्त ऋणीहरुको बिरोध प्रदर्शन

काठमाडौं,१४ फागुन । लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर बिरोध जनाएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर बिरोध जनाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);