बाली तथा पशुपंक्षी सम्बन्धि बिमा अभिकर्ता तालिम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बाली तथा पशुपंक्षी सम्बन्धि बिमा अभिकर्ता तालिम सम्पन्न

Ajod

काठमाडौं, १५ चैत । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बिमा अभिकर्ताको तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ ।

अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा तम्घासमा सम्पन्न भएको तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको हो ।

तालिमको अवसरमा बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि कृषि बीमाको विकास र विस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ । कार्यक्रममा ६६ जना कृषि तथा बीमा अभिर्कताको सहभागीता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);