दुबई हिँडेका कपिलवस्तुका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दुबई हिँडेका कपिलवस्तुका गोविन्द सुनार १६ दिनदेखि बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ इमिलियाकी गीता सुनारलाई पति गोविन्दले फोन गर्दै साँझ दुबईको फ्लाइट भएको बताएका थिए । ५ मंसिर बिहान फोन गर्दै खर्च तिर्न रकम पठाउन अनुरोध गरेका थिए । एक वर्षपछि फेरि वैदेशिक रोजगारीमा जान लागेपछि सयकडा  ब्याज तिर्ने गरी गाउँले साहुसँग कर्जा लिएकी थिइन् । रेमिटमार्फत पठाएको रकम निकालेका गोविन्द त्यही दिनदेखि बेपत्ता भएपछि सुनार परिवार चिन्तित बनेका छन् ।

भिजिट भिसामा दुबई जाने भनेका ३८ वर्षीय गोविन्द सुनार १६ दिनदेखि बेपत्ता रहेका परिवारका सदस्यले बताएका छन् । ५ मंसिरमा भ्रमण भिसामा दुबईको फ्लाइट भएको भन्दै उनी घरबाट एक लाख पचास हजार रकम मगाएका थिए । दुई वर्ष मलेसिया र चार वर्ष कुवेत बिताएका सुनारलाई पेटको रोगको समस्या भएपछि गत पुसमा नेपाल फर्किएका थिए । नेपालमा उपचार गरी रोग निको भए पछि पुनः विदेश जाने भन्दै ३१ कात्तिकमा काठमाडौँ हिँडेका थिए । 

उनले ५ मंसिर बिहान ११ बजे फोन सम्पर्क गर्दै आजै उडान हुने बताएका थिए । पत्नी गीताका अनुसार पीसीआर चेक गर्न लाइनमा बसेको हुँदा थप कुरा पछि गर्ने कुराकानी भएको बताइन् । यता गोविन्दले सोही दिन दिउँसो २ः१३ बजे ‘पशुपति सब मनि ट्रान्सफर ओम शान्ति चोक काठमाडाैंबाट रकम निकालेका थिए । उनले पैसा नपुग्ने भन्दै भाइ र साथीसँग गरी करिब तीन लाख रकम जम्मा गरेका थिए ।

कतै नभेटिए पछि ९ मंसिरमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा खोजतलास गर्नका लागि जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार सुनारको कल डिटियल माग गरी अनुसन्धान गरिएको बताइएको छ । 

दुबई आउने भन्दै गोविन्दले  दाजु पर्ने कृष्ण विकलाई एयरपोर्ट लिन आउन आग्रहसमेत गरेका थिए । कृष्णले अफिस बिदा लिई एयरपोर्टमा कुरेर बसे पनि गोविन्दलाई नदेखेको खबर आएको गोविन्दका दिदी जालमाया सुनारले बताइन् । सामान्य परिवारका गोविन्द बेपत्ता भएपछि उनको परिवार बिचल्लीमा परेकाे छ । गोविन्दले प्रयोग गर्ने फोन अहिलेसम्म स्विचअफ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);