बारामा सरस्वती माताको मुर्ती बिर्सजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बारामा सरस्वती माताको मुर्ती बिर्सजन

बारा, ५ फागुन । हिजो देश भरीका बिधालय तथा सरस्वती माताको मदिरमा पूजापाठ गरी धुमधामका साथ ‘वसन्त पञ्चमी’ मनाईएको थियो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन देशभरमा पुजा गरी मनाईन्छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।

त्यस्तै पुजा गरी सके पछी त्सको भोली पल्ट हिन्दु परम्परा अनु्सार बिर्सजन गर्ने चलन रहेको छ । सरस्वती माताको मुर्तीलाई बाजा गाजाको साथमा मुख्य चौक तथा बजार परिक्रमा गरी नदी तथा पोखरीमा लगी बिर्सजन गरी डुबाईन्छ ।

परिक्रमा गर्ने क्रममा सबै सहभागी हरु एक आपसमा अबिर लगाई ‘सरस्वती माता कि जय‘ भनी जयकार गर्छन। यो परम्परा सुरु देखि नै यस जिल्लामा गर्दै आइरहेको छ । सरस्वती माताको मुर्तीको सधै खर्च दिन नसक्ने हुदा लगेर पोखरी वा नदीमा डुबाईन्छ भने जनबिश्वास रहेको छ ।

पोखरीको किनारमा लगी डुबाउने बेलामा माताको अन्तिम पुजा गरी पोखरीको बिच भागमा लगि अन्तिम बिधाई गरिन्छ । अन्तिम बिदाई गरी सके पछी सबै सहभागी तथा बिधार्थीहरु प्रसाद ग्रहण गरी फेरी नाच गान गरी आफनो घर पर्कन्छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);