महिला माथि कुट पिट भएको निवेदन दिएको ७ दिन पछि पनि प्रहरीले कार्यवाहि गरेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

महिला माथि कुट पिट भएको निवेदन दिएको ७ दिन पछि पनि प्रहरीले कार्यवाहि गरेन

पर्सा, ५ फागुन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. २ मा घरपालुवा जनावरको बिषयमा भनाभन हुदाँ एक जना महिला माथि आक्रमण भएको ७ दिन बिति सक्दा पनि पडितले न्यायकोले न्यायका लागि गुहार गरेकी छिन ।

जानकीटोला वडा नं. ०२ कि अन्दजी ४५ बषिय महिला कोसीला देवि माथि उनका छिमेकी बिहारी महतो तथा उनका छोरा कबिलास महतोले संयुक्तरुपमा कुटपिट गरेको र पिडीतले एक हप्ता अगाडि जानकीटोला प्रहरी चौकीमा निवेदन दिएकोमा हाल सम्म कुनै सुनुवाई नभएको पिडितको आरोप रहेको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता मनोजित कुवरले स्थानीय चौकीमा दिएको निवेदनको जानकारी आफु संग नभएको तर पिडितलाई न्यायको लागि पहल गर्ने बताए । उनले जति सक्दो छिटो आफुलाई भेट्न पिडितलाई अनुरोध गरेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);