पर्सा गएराति आगलगी हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सा गएराति आगलगी हुँदा एक जनाको मृत्यु

पर्सा, ३० कार्तिक। पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । तिहार मनाउ बालिएको दियोले मनबोध साहको फुसको घरमा आगलगी हुँदा सोही घरमा सुति रहेकी उनको १५ बर्षिय छोरी मना कुमारी साहको मृत्यु भएको हो ।

मृत्यु भएको युवतीको शव पोष्टमार्टमको लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिनुभएको छ ।

राती १० बजेको करिबमा भएको आगलगीले घरमा रहेको लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरको क्षति समेत भएको पिडितले जनाएका छन् । आगलगी स्थलमा एउटा पनि दमकल पुग्न नसके पनि प्रहरीको सहयोगमा स्थानियहरुले नियन्त्रणमा लिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);