जनकपुरमा आज धूमधामका साथ विवाह पञ्चमी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जनकपुरमा आज धूमधामका साथ विवाह पञ्चमी मनाइँदै

जनकपुरधाम । जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी  महोत्सवअन्तर्गत आज छैटाैं दिन दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

आज दिउँसो राम मन्दिरबाट रामको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा पुगिन्छ र त्यहाँँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल घरगाउँले समूह वा माइती पक्षद्वारा स्वागत अभिवादन गर्ने परम्परा छ । त्यसपछि राममन्दिरको डोलालाई जानकी मन्दिरका डोलाले पाँचपटक परिक्रमा गराई रामलाई पुष्पमाला अर्पण गरिनेछ । राममन्दिरका महन्थले जानकीलाई माला र आरती पूजनपछि स्वयम्वर सम्पन्न हुन्छ । त्यसपछि राममन्दिरको डोला र जानकी मन्दिरको डोला अगाडि बढ्दै जान्छ, श्रद्धालु भक्तजन पछिपछि लाग्दै जानकी मन्दिर पुग्छन् । राति मिथिला परम्पराअनुसार राम र सीताको वैवाहिक कार्यक्रम हुन्छ ।

सप्ताहव्यापी  मनाइने रामजानकी विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरले बताए । सुरक्षाका लागि बाहिरबाट सशस्त्र प्रहरीसहित १५ सय सुरक्षाकर्मी मगाकइएको बताए । 

विवाहपञ्चमी ड्रेसका साथ साथै सादा पोसाक, पिकेट, मोबाइल गस्तीमा उल्लेखनीय संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने उनले बताए ।बाह्रबिघा, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटीभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);