भक्तपुरमा श्रीस्वस्थानी माताको ब्रत औपचारिकतामा सीमित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भक्तपुरमा श्रीस्वस्थानी माताको ब्रत औपचारिकतामा सीमित

सुबास चौलागाई
भक्तपुर, १५ माघ ।
आज देखि एकमहिने श्रीस्वस्थानी माताको व्रत सुरु भएको छ । काठमाडौंको साँखुस्थित शाली नदी परिसरसँगै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा पनि यो एकमहिने माधवनारायणको व्रत बस्ने परम्परा रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत भने यस वर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । माधवनारायण व्रत सेवा समितिकाले कोरोना भाइरस संक्रमण हुन नदिन यसवर्ष हनुमानघाटमा माधवनारायणको व्रत औपचारिकतामा मात्रै सीमित गरिने जानकारी दिएको छ ।

हनुमानघाट त्रिवेणीमा गर्नुपर्ने दैनिक नित्य पूजा तथा माधवनारायणको कथा वाचन हुनेछ। त्यस्तै हनुमानघाट त्रिवेणी परिसरमा बनाइएको कुण्डमा दैनिक स्नान गर्ने कार्य भने नियमित हुने समितिले जनाएको छ ।

यसको लागि अहिले हनुमन्ते खोलास्थित त्रिवेणीमा कुण्ड बनाउने काम भइरहेको छ। भक्तपुरको माधवनारायणलाई भक्तपुर नगरका विभिन्न ठाउँमा परिक्रमा गराइन्छ।

त्यस्तै काठमाडौंको पशुपतिसम्म पनि जानुपर्छ तर यस वर्ष यो कार्य अन्योलमा रहेको समितिका सचिव लक्ष्मीप्रसाद रञ्जितले बताउनुभयो । उहाँका अनुसार यस वर्ष व्रतालु नभएकाले नगर परिक्रमा पनि अन्योल नै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);