निरन्तरको वर्षापछि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

निरन्तरको वर्षापछि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

aabrarudha muglin

काठमाडौं, २० असार । निरन्तरको वर्षापछि पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ । पहिरो ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध हुँदा सयौं सवारी अलपत्र परेका छन् ।

यता पासाङल्हामु सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा चिन तर्फको एक मात्र नाका रसुवागढी अबरुद्ध भएको छ । पछिल्ला दुई दिनमा भएको वर्षाका कारण बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । ८ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);