कार्यदलका सदस्यसँग एक पटक सामूहिक छलफल गर्ने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कार्यदलका सदस्यसँग एक पटक सामूहिक छलफल गर्ने नेकपाको निर्णय

nekapa

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको सांगठनिक एकता टुंगो लगाउन गठित कार्य दलका सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयको सोमबार बिहान बसेको बैठकले कार्यदलले बुझाएको प्रतिवेदनबारे टुंगो लगाउन कार्य दलका सदस्यहरुसँगै एक पटक सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

यही फागुन ९ गते बिहान नौ बजे नै कार्य दलका सदस्यहरुसँग सामूहिक छलफल गरेर पार्टीको सांगठनिक एकीकरण सम्बन्धि आवश्यक नीति र निर्णय लिने निर्णय गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

रामबहादुर थापा नेतृत्वको कार्य दल भित्र विवाद भएपछि पार्टी एकतासम्बन्धि टुंगो लगाउने कामलाई पूर्णता नदिई कार्य दलले आफ्नो प्रतिवेदन सचिवालयमा बुझाएको थियो । बैठकमा सो कार्य दलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दै सो सम्बन्धमा आवश्यक नीति र निर्णय लिन कार्यदलका सदस्यहरुसँग सामूहिक रुपमै छलफल गर्ने निर्णय गरिएको हो ।

पार्टीको सांगठनिक एकताको कामलाई टुंगो लगाउने जिम्मेवारी पाएको सचिवालय सदस्य थापा, महासचिव विष्णु पौडेल सहितको कार्य दलले अधुरो प्रतिवेदन बुझाएपछि त्यसलाई पूर्णता दिन सचिवालय बैठकले कार्य दलका सदस्यहरुसँग पुनः एक पटक छलफल गर्ने निर्णय गरेको हो ।

प्रदेश कमिटी गठनको निर्णय सच्याउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अडान लिएपछि कार्य दलले आफ्नो कामलाई अघि बढाउन सकेको थिएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);