निधि, कोइराला र सिंहले शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निधि, कोइराला र सिंहले शुक्रबार केन्द्रीय सदस्यहरुसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरुको भेटवार्ताले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सिंह निवासमा भएको छलफलले महाधिवेशनका बारे केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति नजिकिएसँगै यी तीन नेताले भेटवार्तालाई बाक्लो बनाएका छन् ।

सभापति पदका लागि दाबी गरेका यी नेताहरुले पछिल्लो समय भने सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल भईरहेको बताइएको छ । आजको छलफलपछि आउने शुक्रबार महामन्त्री कोइराला निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय भएको पूर्वमहामन्त्री सिंहले बताए ।

आजको बैठकले क्रियाशील सदस्यताबारे रहेका विवादहरुका विषयका साथै महाधिवेशन केन्द्रीत छलफल भएको हो ।

यी तीन नेता बीच यसअघि निधि निवास र कोइराला निवासमा पनि छलफल भईसकेको छ । उनीहरुको छलफलले देशैभरका कार्यकर्ताहरुले नयाँ उत्साह देखाएको सिंहको भनाई छ ।

आजको छलफलले यसअघि सभापतिका उम्मद्वार भईसकेकाहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);