कांग्रेसका ३ प्रभावशाली नेता आज पनि भेटवार्तामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसका ३ प्रभावशाली नेता आज पनि भेटवार्तामा

काठमाडौं । महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरुले भेटवार्तालाई बाक्लो बनाएका छन् ।

सभापति पदका लागि दाबी गर्ने तयारी गरिरहेका ३ प्रभावशाली नेताहरु आज पनि भेटवार्तामा जुटेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला भेटवार्तामा जुटेका हुन् ।

सभापति पदका लागि दाबी गरेका यी नेताहरुले पछिल्लो समय भने सहकार्य गरेर अगाडि बड्न विषयमा छलफल भईरहेको बताइएको छ ।

यसअघि निधि निवास र कोइराला निवासमा पनि यी तीन नेताको छलफल भईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);